बिर्तामोड

बिर्तामोडको गोपाल एग्रोभेट्समा लागुऔषधको धन्दा, सञ्चालक पक्राउ

बिर्तामोडको गोपाल एग्रोभेट्समा लागुऔषधको धन्दा, सञ्चालक पक्राउ


बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा सञ्चालित गोपाल एग्रोभेट्सका सञ्चालक पक्राउ परेका छन् । सञ्चालक गोपाल गौतमलाई बिर्तामोड प्रहरीले शुक्रवार पक्राउ गरेको बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

बिर्ता बजारको त्रिवेणी टोलमा एग्रोभेट्स सञ्चालन गर्दै आएका गौतमलाई लागु औषध कारोवार गरेको आरोपमा पक्राउ गरिएको हो । उनको पसलबाट प्रहरीले २३ ग्राम ब्राउन सुगर समेत बरामत गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले उनको एग्रोभेट्स खानतलासी गर्दा लागु औषध समेत भेटिएपछि आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको छ ।

शेयर गर्नुहोस :

0
Shares