इटहरी । प्रदेश १ मा सूचनाको हकका लागि राष्ट्रिय संजाल प्रदेश समिति गठन भएको छ । प्रदेश एकको संयोजकमा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ चयन भएका छन् । उनी २०६७ सालदेखी सूचनाको हकको अभियानमा क्रियाशिल छन् ।

संजालको सहसंयोजकमा पाँचथरका सूचना अभियन्ता मंगल बेघा र सदस्य सचिबमा सुनसरीका सूचना अभियन्ता बिष्णुप्रसाद चौलागाईं चयन भएका छन् । यसैगरी प्रदेश समितिको सदस्यहरुमा सोलुखुम्बुबाट बुद्धवीर लिम्बु , ओखलढुंगा जीवन शर्मा , संखुवासभा दिपेन्द्र शाक्य , खोटाङ लोकनाथ घिमिरे , उदयपुर वीर बहादुर मगर , भोजपुर ईश्वरीप्रसाद ढकाल, तेह्रथुम खगेन्द्र सापकोटा ,धनकुटा संगीता चापागाईं , ताप्लेजुङ देवराज गुरुङ ,पाँचथ र ईलाम राम योङ्हाङ्ग , झापा मनोज लिम्बु, मोरङ्ग पिताम्बर घिमिरे र सुनसरी आईतिमाया तामाङ चयन भएका छन् ।
यसैगरी छनोट भएका प्रदेश एकका सदस्यहरुलाई नै जिल्ला संजाल टुंगो लगाउने गरि जिम्मेवारी दिईएको केन्द्रीय समिति सदस्य सचिब अजयकुमार शाहले जानकारी दिए । सूचनाको हकका लागि राष्ट्रिय संजालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरण समेत गर्दै आएको छ ।
कार्यक्रममा संजालका केन्द्रीय संयोजक उमिद वागचन्द , केन्द्रीय सदस्य सचिव अजयकुमार शाह, केन्द्रीय सल्लाहकार टंक अर्याल , पत्रकार महासघ पाँचथरका अध्यक्ष लवदेभ ढुंगाना, सूचना अभियन्ता नोदनाथ त्रिताल लगाएतको उपस्थितिमा संजालको तदर्थ समिति घोषणा भएको हो ।







प्रतिक्रिया