Banner news

बिर्तामोडका मेयर–उपमेयर कोरोना संक्रमणमुक्त

बिर्तामोडका मेयर–उपमेयर कोरोना संक्रमणमुक्त


बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर धु्रव कुमार शिवाकोटी र उपमेयर पवित्रा महतरा कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । मेयर , उपमेयर नै कोरोना संक्रमण मुक्त भएको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । उनका अनुसार बुधबार पीसीआर परीक्षण गर्दा दुवै जनाको रिपोट नेगेटिभ आएको छ ।

मेयर र उपमेयरको स्वाब परीक्षण मेची अस्पतालमा गरिएको थियो । आजै स्वाव लिएर आजै रिपोट लिएको खड्काले जानकारी दिए । दुवै जनाको दुई सातामा रिपोट नेगेटिभ आएको हो ।

शेयर गर्नुहोस :

0
Shares