मुख्य समाचार

इटहरीमा पाँच सय शैयाको अस्पताल निर्माणको तयारी

इटहरीमा पाँच सय शैयाको अस्पताल निर्माणको तयारी


सुनसरी । इटहरीमा पाँच सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्वारा आयोजित सरोकारवाला सबै पक्ष उपस्थित बैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो ।

समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,इश्वर भट्टराई, हेमकर्ण पौडेल, रोहित प्रसाई, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र बजरंग अग्रवाल रहेका छन् । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपाल द्वारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति बनाइएको हो ।

जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत रहेका छन् । हस्पिटल सम्भाब्यता अध्ययन समितिका संयोजक हेम घिमिरेले बैठकमा हस्पिटलको अवधारणा पेश गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares