बिर्तामोड । अनेरास्ववियू जिल्ला कमिटी झापाको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा शनिवार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको अध्यक्ष समर्पण खतिवडाले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले आफु खुशी कमिटी घोषणा गरेको भन्दै खतिवडाको नेतृत्वमा अर्को जिल्ला कमिटी घोषणा गरिएको थियो । उनले जिल्लाको वैधानिक कमिटी आफुहरुको रहेको दावी गरेका छन् ।
अनेरास्ववियूका केन्द्रीय सदस्य डम्बर अधिकारीले नव गठित जिल्ला कमिटीलाई शपथ ग्रहण गराएका छन् । उनले शपथ ग्रहण गराउँदै शैक्षिक क्षेत्रमा देखिएका तमाम् समस्या समाधानमा क्रियाशिल हुन निर्देशन दिएका छन् । केन्द्रीय सदस्य अधिकारीले झापाको अनेरास्ववियूले विधार्थीको अधिकारका निम्ति देशभर रहेका कमिटीभन्दा क्रियाशिलता देखाउनु पर्ने बताएका छन् ।
अर्का केन्द्रीय सदस्य मनोज ताम्लीले नव गठित कमिटीमा आवद्ध विधार्थीलाई विधार्थी आन्दोलनलाई रचतान्मक बनाउन आग्रह गरेका छन् । उनले जनताको बहुदलीय जनवादको विचारलाई मान्ने विधार्थीलाई वाइपास गर्नेहरु आफै सक्किने बताउँदै विधार्थी आन्दोलनमा सशक्त रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । उनले केपी ओलीलाई आदर्श मान्ने विधार्थीलाई वाइपास गरेर ठुलो गल्ति गरेको बताएका छन् । उनले केन्द्रीय राजनीतिमा ओलीलाई कमजोर बनाउन देशी विदेशी शक्ति परिचाल भइरहेको आरोप लगाए । ताम्लीले भने, ओलीलाई छेकेर छेक्न सकिदैन, अब पार्टीमा इमान्दार र गद्दारहरु आफै छुट्टिदै जानेछन् । नेता ताम्लीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवारीबाट हटाएर देखाउन चुनौति समेत दिएका छन् ।







प्रतिक्रिया