प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान सर्वदलीय बैठक आह्वान गरेका छन् । देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका लागि ओलीले बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए ।
नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।







प्रतिक्रिया