मुख्य समाचार

प्रदेश २ को कांग्रेस सभापतिमा कृष्ण यादव विजयी

प्रदेश २ को कांग्रेस सभापतिमा कृष्ण यादव विजयी


काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । यादव संस्थापन पक्षका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले भने ८५५ मत पाएका छन् । १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।

शेयर गर्नुहोस :

0
Shares