Banner news

कोशीमा थप १३ वटा भाषालाई सरकारी कामकाजको मान्यता

कोशीमा थप १३ वटा भाषालाई सरकारी कामकाजको मान्यता


विराटनगर ।  कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ वटा भाषालाई आजदेखि प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ ।

महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण गरी आजैदेखि यी भाषाहरू कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभएको हो ।

संविधानको अनुसूचीमा भाषा आयोगले कोशीमा मैथिली र लिम्बू भाषा मात्र सिफारिश गरे पनि प्रदेशको बहुभाषिक विविधता र जातजातिको पहिचान संरक्षण गर्न सरकारले थप १३ भाषालाई समेटेर कानूनी व्यवस्था गरेको हो । कार्यान्वयनमा आएका नयाँ भाषामा राई, थारु, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, नेपाल भाषा, चाम्लिङ, शेर्पा र सन्थालीलगायतका भाषाहरू रहेका छन् ।

गएको कात्तिक ११ गते प्रदेश प्रमुखबाट यो ऐन प्रमाणीकरण भइसकेको छ । यस ऐतिहासिक अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विविधताबीचको एकतालाई मजबुत बनाउन र सबै समुदायको पहिचान स्थापित गर्न प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

साथै प्रदेश सरकारले हरेक वर्ष ’प्रदेश भाषा दिवस’ मनाउने घोषणासमेत गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu