मुख्य समाचार

गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै

गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै


काठमाडौ – सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । बालुवाटार स्रोतका अनुसार आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि, आजै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्नेछ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने स्रोतले जानकारी दिएको छ ।

शेयर गर्नुहोस :

0
Shares