मुख्य समाचार

स्थानीय चुनावमा २० लाख स्वयंसेवक परिचालन गर्ने एमालेको तयारी

स्थानीय चुनावमा २० लाख स्वयंसेवक परिचालन गर्ने एमालेको तयारी


काठमाडौं – नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभर २० लाख स्वयंसेवक परिचालन गर्ने भएको छ ।

एमालेका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता आज बसेको बैठकले चुनावमा स्वयंसेवक परिचालनको निर्णय गरेको हो ।

स्वयंसेवक परिचालनका लागि युवा संघ, अनेरास्ववियु, जिफन्ट, खेलकुद महासंघ, भूपू सैनिक संघ र युथफोर्सका कार्यकर्ता खटिने भएको छ ।  

शेयर गर्नुहोस :

0
Shares