Banner news

बिर्तामोडको मेयरमा गठबन्धनभन्दा एमाले ४०६ मतले अगाडि

बिर्तामोडको मेयरमा गठबन्धनभन्दा एमाले ४०६ मतले अगाडि

??????

बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले र गठबन्धनबिच मतान्तर बढ्दै गएको छ । मेयरमा ४०६ र उमपेयरमा ७६८ मत अन्तर भएको छ ।

पछिल्लो परिणाम अनुसार एमालेको उम्मेद्वार पवित्रा महतराले १३६४ र गठबन्धनका उम्मेद्वार भोजराज सिटौलाले ९५८ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा एमालेका उम्मेद्वार नगेन्द्र संग्रौलाले १३३३ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेद्वार सीपी कडरियाले ५६५ मत प्राप्त गरेका छन् । वडा नं. १ को वडाध्यक्षमा एमालेले १२८३ र गठबन्धनले १०५० मत ल्याएको छ । वडाध्यक्षमा एमाले २३३ मतले अगाडि छ ।

वडा नं. १ को मत गणना लगभग सकिन लागेको छ भने वडा नं. १० को मतगणना शुरु गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares