मुख्य समाचार

एमाले बागमतीमा सर्वसम्मतीको प्रयास जारी,निर्वाचन अझै सुरु भएन

एमाले बागमतीमा सर्वसम्मतीको प्रयास जारी,निर्वाचन अझै सुरु भएन


काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा सर्वसम्मतको प्रयास जारी रहेकोले निर्वाचन सुरु भएको छैन ।

नयाँ कमिटी सर्वसम्मत नेताहरुलाई मिलाउने कोसिस भइरहेको छ । अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल मैदानमा छन् ।

अहिलेसम्म प्रदेश कमिटीका लागि चितवन, सिन्धुपाल्चोक, काभ्रे र रसुवाबाट सर्वसम्मत नेतृत्वको टुंगो भएको छ । अरु जिल्लाबाट पनि केही नेता आशिंक निर्विरोध निर्विरोध निर्वाचित भएका छन् ।

एमाले बागमतीको सचिवमा पनि अध्यक्षमा जस्तै दुईजनाबीच भिडन्त हुने पक्का भएको छ । सचिवमा ललितपुरमा पूर्वसांसद नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares