विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षड्यन्त्र भइरहेको बताएका छन् ।

एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटनमा कार्यक्रमामा बोल्दै उनले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताएबम छन् । उनले भने, ‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ ।’
महासचिव पोखरेलले पहिचानको नाममा एमालेका विरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न सबैलाई आग्रह गरे । उनले अहिले क्षेत्रीय दलका नाममा जातजाति बीचमा बिभाजन गर्न खोजिएको बताए ।
‘अहिले जातिय र धार्मिक अतिवाद शुरु भएको छ’ उनले भने, ‘अतिवाद निम्त्याएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको छ । एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्दै सबै जात जाती र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो ।’







प्रतिक्रिया