Banner news

प्रहरी दमनको सर्वोच्च बारद्वारा निन्दा

प्रहरी दमनको सर्वोच्च बारद्वारा निन्दा


काठमाण्डौ – सर्वोच्च अदालत बार एसोसिएशनले जेन जी को प्रदर्शनका क्रममा भएको प्रहरी दमनको निन्दा गरेको छ ।

सर्वोच्च बारले विज्ञप्ति निकालेर विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै स्थिति थप प्रतिकूल हुन नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ । सचिव रमणकुमार कर्णले निकाल्नुभएको विज्ञप्तिमा घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको उल्लेख छ ।

शेयर गर्नुहोस :

0
Shares