Banner news

अमेरिकासहित ७ देशका दूतावासद्वारा अधिकतम संयमता अपनाउन अपील

अमेरिकासहित ७ देशका दूतावासद्वारा अधिकतम संयमता अपनाउन अपील


काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि काठमाडौंमा रहेका अमेरिकासहित ७ देशका दूतावासले संयुक्त वक्तव्य जारी गरेर सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन् ।

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त वक्तव्य आएको हो ।

‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।’

यसअघि राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पनि शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न आग्रह गरेको थियो ।

शेयर गर्नुहोस :

54
Shares