काठमाडौं । आफूलाई जेनजी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ। रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो।
अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ। गुरुङको पत्रकार सम्मेलनमा हात हालाहालको स्थिति सृजना भएको छ ।
पत्रकार सम्मेलनमा एक पत्रकारले ७० वर्षको ‘बा’ लाई हटाएर ७३ वर्षको आमालाई ल्याएर कसरी परिवर्तन भयो ? भन्ने प्रश्नमा सुदनले आक्रोषित हुँदै पत्रकारलाई जवाफ फर्काएका थिए।
‘ ८० वर्षको नेपाल परिवर्तन भएको छ यो परिवर्तन होइन ? के कुरा गरेको तपाईंले ? भन्दै झर्किएका थिए। त्यसपछि पत्रकारहरूले थर्काएको? भन्दै उनलाई घेरे।







प्रतिक्रिया