Banner news

झापा विद्रोहका पाँच शहीदको शालिकमा तोडफोड, मुठ्ठी जस्ताको तेस्तै

झापा विद्रोहका पाँच शहीदको शालिकमा तोडफोड, मुठ्ठी जस्ताको तेस्तै


बिर्तामोड । जेनजी आन्दोलनको नाममा अराजक समूहले अर्जुनधाराको सुखानी शहीद स्मृति प्रतिष्ठानको कार्यालय जलाएर शालिक लगायत भौतिक संरचनामा तोडफोड गरेको छ ।

स्थानीयबासीका अनुसार भदौ २४ गते पार्कभित्र पसेर अराजक समूहले आगजनी र तोडफोड गरेको हो । झापाको प्रमुख पर्यटकीयस्थलको रुपमा स्थापित उक्त पार्कमा रहेको झापा विद्रोहका पाँच सहिदको शालिक अराजक समूहले तोडफोड गरेको थियो भने प्रतिष्ठानको कार्यालयमा आगजनी गरेको थियो ।

तोडफोडको क्रममा पाँच शहीदमध्ये दुई जनाको शालिक ढलेको छ । शालिकको शीरको भाग तोडफोड गरिएको छ । वि.सं. २०२९ फागुन २१ गते पञ्चायती शासकहरुले चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने निहुँमा झापा विद्रोहका नेताहरु रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजबंशी, नारायण श्रेष्ठ र नेत्र घिमिरेलाई सुखानीमा गोली हानी हत्या गरेका थिए ।

त्यही हत्याकाण्डमा शहादत प्राप्त गरेका पाँच जनाको स्मृतिमा प्रतिष्ठानले पार्क निर्माण गर्नुका साथै शालिक स्थापना गरेको थियो । प्रतिष्ठान बाहिर रहेको नमुना सामुदायिक बनको कार्यालय समेत अराजक समूहले तोडफोड र आगजनी गरेको थियो ।

शेयर गर्नुहोस :

2.3k
Shares