मुख्य समाचार

इप्रका अनारमनीलाई कम्प्युटर प्रदान

इप्रका अनारमनीलाई कम्प्युटर प्रदान


बिर्तामोड । हिमालयन एभ्रेष्ट इन्स्युरेन्सले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई एक थान कम्प्युटर प्रदान गरेको छ ।

बुधबार कम्पनीकी सिईओ अञ्जु श्रेष्ठ र बिर्तामोड शाखा प्रमुख सुशिल थापाले प्रहरी कार्यालय पुनर्निर्माण समितिका नेतृत्वकर्ता पदम श्रेष्ठ, रमेश चौधरी, विपिन चौलागाई, युवा व्यवसायी निर्मलराज खत्री, हेम अधिकारी लगायतको उपस्थितिमा इलाका प्रहरी कार्यालय इन्चार्ज डिएसपी विजय श्रेष्ठलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

बिर्तामोड शाखा प्रमुख थापाले विषमपरिस्थितिमा सामाजिक उत्रदायित्व अन्तर्गत ८५ हजार रुपैयाँ मूल्यको एक थान कम्प्युटर हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

जेन–जी आन्दोलनको क्रममा ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनीमा पुनर्निर्माणसंग आवश्यक प्रविधि जडानसँगै विभिन्न दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन भईरहेको छ । दाताहरुबाट नगदसँगै जिन्सी सामग्री प्राप्त हुने क्रमनजारी रहेको पुनर्निर्माणका नेतृत्वकर्ता पदम श्रेष्ठले जानकारी दिनु भयो ।

शेयर गर्नुहोस :

324
Shares