Banner news

देश रोइरहेको अवस्थामा निर्वाचनको कुरा नगरौं : जेनजी ढुङगाना

देश रोइरहेको अवस्थामा निर्वाचनको कुरा नगरौं : जेनजी ढुङगाना


काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गरेका छन् ।
नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखे ।

अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । उनले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरूलाई आग्रह समेत दिए ।

अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिए । अभियन्ता ढुंगानाले युवाहरू विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताए ।

शेयर गर्नुहोस :

270
Shares