Banner news

नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति

नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र शुक्रबारमात्रै राष्ट्र‍िय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सचिवालय सदस्य सन्तोष परियारबीच ५ बुँदे सहमति भएको छ।

हस्ताक्षर समारोहमा नेसपा नयाँ शक्तिका डा बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मालगायत सहभागी छन्।


’देशको गम्भीर अर्थ–राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्षका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियारबीच सहमति सम्पन्न भएको छ।

शेयर गर्नुहोस :

0
Shares