मुख्य समाचार

तीन हजार ५१८ मतदान केन्द्र अतिसंवेदनशील

तीन हजार ५१८ मतदान केन्द्र अतिसंवेदनशील


काठमाडौँ । सुरक्षा निकायहरूले ३ हजार ५१८ मतदान केन्द्रलाई अतिसंवेदनशील रहेको निष्कर्षसहितको प्रस्ताव केन्द्रीय सुरक्षा समिति बैठकमा पेस गरेका छन्।

आइतबार सिंहदरवारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायहरूले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ती मतदान केन्द्रहरू अतिसंवेशनशील रहेको निष्कर्ष निकालेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार ती क्षेत्रहरू देशव्यापी रहेका छन्। विशेषतः तराईका क्षेत्र र सीमा क्षेत्रमा रहेका मतदान केन्द्रहरूलाई अतिसंवेदनशील मानिएको स्रोतको भनाइ छ।

त्यस्तै बैठकमा ४ हजार ५२९ मतदान केन्द्र संवेदनशील र २ हजार ८७९ मतदान केन्द्र मात्रै सामान्य रहेको तथ्यांक सुरक्षा निकायले प्रस्तुत गरेको स्रोतको भनाइ छ। गृह मन्त्रालयका अनुसार बैठकमा फागुन २१ लाई लक्षित गरेर छलफल भएको थियो।

शेयर गर्नुहोस :

54
Shares