Banner news

त्रिवि क्रिकेट रङ्गशाला ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक’

त्रिवि क्रिकेट रङ्गशाला ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक’

default

काठमाडौं, मंसिर १। नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक’ भन्दै प्रशंसा गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहल र क्रिकेट प्रेमीहरूका प्रयासप्रति बधाई व्यक्त गर्नुभएको हो। महासचिव पोखरेलले लेख्नुभएको छ, ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, बधाई स्वप्नदृष्टा केपी शर्मा ओली र क्रिकेट प्रेमी सबैलाई।’

उहाँका अनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले नेपाली क्रिकेटको स्तर उकास्ने मात्र होइन, खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा बढाउने महत्त्वपूर्ण आधार बनेको छ।

एमाले अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी ओली पछिल्लो पटक प्रधानमन्त्री हुने बित्तिकै त्रिवि क्रिकेट रङ्गशालालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियाे ।

शेयर गर्नुहोस :

81
Shares