काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ।
परिषद्ले आज एक सूचना जारी गर्दै आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रिडिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको जनाएको छ । क्यूआर कोड सोमबारदेखि लागू भएको सीडीईभीटीले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।
नयाँ प्रणाली लागू भएपछि परिषद्बाट जारी हुने प्रमाणपत्रलाई अनलाइनमार्फत छिटो, सरल र विश्वसनीय रूपमा प्रमाणीकरण गर्न सकिने परिषद्को भनाइ छ।







प्रतिक्रिया