बिर्तामोड । जेसीज सप्ताहको अवसरमा झापाली पत्रकार र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल भएको छ । अर्जुनधारा – ६ मा रहेको गमस्ता स्पोर्टसमा आज आयोजित मैत्रीपूर्ण फुटसलको उपाधि वीरता जेसीजले जितेको हो ।
वीरता जेसीजले १२–४ गोल अन्तरले पत्रकारको टोलीलाई पराजित गरेको हो । मैत्रीपूर्ण फुटसलको म्यान अफ दी म्याच पत्रकार प्रदीप परियार घोषित भए । उनले ४ गोल फर्काएका थिए । उनलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त मैत्रीपूर्ण खेलका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले परिवार र स्वास्थ्यलाई ख्याल गर्न सूझाव दिए । सो अवसरमा उनले हरेक क्षेत्रमा क्रियाशिल युवाहरुले आआफ्नो क्षेत्रमा निरन्तरता दिन आग्रह गरेका हुन् । मैत्रीपूर्ण सम्बन्धका लागि वीरता जेसीजले आयोजना गरेको खेलकुदसँग अन्य गतिविधिहरु प्रभावकारी भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना व्यक्त गरेका थिए ।
वीरता जेसीजले सप्ताह कार्यक्रममा पूर्वअध्यक्षहरुसँग अनुभव सुन्ने, पौष्टिक आहार वितरण, प्रतियोगितात्मक पौडी, विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।







प्रतिक्रिया