Banner news

अर्जुनधारा जलेश्वरधाममा शतबीज छर्ने घुइँचो

अर्जुनधारा जलेश्वरधाममा शतबीज छर्ने घुइँचो


बिर्तामोड । झापाको अर्जुनधारा जलेश्वर धाममा पितृउद्धारको कामना गर्दै शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् ।

पूर्वका जिल्ला, भारतका विभिन्न प्रान्तहरुबाट अर्जुनधारा धाममा छतबीज छर्न आएका छन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले अर्जुनधारा आएको भनाई छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

शेयर गर्नुहोस :

27
Shares