बिर्तामोड । झापा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–५ पन्थापाडाका २० वर्षीय अडसाद अलीलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आज साँझ करिब ७ः२८ बजे बाह्रदशी–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मे ८ प ८१४० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा अलीको साथबाट ब्राउन सुगर भएको पाँच वटा पोका फेला परेको प्रहरीले जानकारी दिएको छ । ६३ ग्राम २० मिलिग्राम ब्राउनसुगर उनको साथबाट फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले अलीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया