मुख्य समाचार

झापा कारागारमा एक कैदीको उपचारका क्रममा मृत्यु

झापा कारागारमा एक कैदीको उपचारका क्रममा मृत्यु


झापा – झापा जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका एक भारतीय कैदीको उपचारका क्रममा मृत्यु भएको छ। भारतको पश्चिम बंगाल, दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बुलाई आज बिहान अचानक रक्तचाप (प्रेसर) बढेपछि अस्पताल पुर्‍याइएको थियो।

कारागारमा बिहान ८ बजे अस्वस्थ भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा बिहान ८:४० बजे लिम्बुको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतक २०७५ साल साउन २९ गतेदेखि जक मुद्दामा कैद भोगिरहेका थिए।

घटनापछि कानुनी प्रक्रिया तथा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली अस्पताल पुगेको छ। शव हाल प्रादेशिक अस्पताल भद्रपुरमै राखिएको छ। कारागार तथा प्रहरी प्रशासनका अनुसार मृतकका आफन्तलाई घटनाबारे सूचना दिइसकिएको छ।

शेयर गर्नुहोस :

0
Shares