Banner news

एमालेको स्वयंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो : अध्यक्ष ओली

एमालेको स्वयंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवी दस्ता,नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताउनुभएको छ ।

एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता,जनधनको,औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वंयसेवी दस्ता बनाउनु परेको ओलीले बताउनुभयो । ‘यदी कसैले शान्ती भंग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ । आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले फोर्सका बारेमा भन्नुभयो ‘फोर्सले प्राकृतिक विपत्ती र जनताका समस्या समाधानमा काम गर्नेछ ।’
अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पार्नु भयो । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले जेन जीका नाममा नक्कलीहरु खडा भएर विध्वंस मच्चाएको बताउनुभयो । भदौ २३ गते पानी बाँड्ने नाममा खडा भएका स्वंसेवीहरु २४ गते तोफोड र आगजनीमा उत्रिएको बताउनुभयो । ‘हामीले गठन गरेको फोर्स यस्ता अराजकताबादी काम गर्दैन । यो कतैबाट पेइड भएर चलेको पनि होइन’ अध्यक्ष ओलीले भन्नुभयो ‘यसले देशमा शान्ती र राजनीतिक स्थिरताका लागि काम गर्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार असफल भए देशमा झन् ठुलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्ती प्रकट गर्नु भएको छ । ‘देशमा थप विध्वसं मच्चाउने तपाईंको योजना हो कि सपना हो’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ‘तपाईंको योजना हो भने त्यो पुरा हुन दिइदैन । सपना हो भने यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस ।’
एमालेले गठन गर्न लागेको फोर्स घोषणाको कार्यक्रम अहिले बबरमहलमा जारी छ ।

शेयर गर्नुहोस :

81
Shares