मुख्य समाचार

हङकङमा आगलागीमा ज्यान गुमाउनेको संख्या कम्तीमा ९४ जना पुग्यो

हङकङमा आगलागीमा ज्यान गुमाउनेको संख्या कम्तीमा ९४ जना पुग्यो

Firefighters spray water on flames as a major fire burns through several apartment blocks at the Wang Fuk Court residential estate in Hong Kong’s Tai Po district on November 27, 2025. The death toll from a high-rise fire in Hong Kong has risen to at least 44, officials said on November 27 as the blaze still smoldered and police said three suspects were arrested. (Photo by Peter PARKS / AFP)

हङकङ – हङकङको ताइपोमा रहेको अपार्टमेन्टमा अस्ति बुधबार लागेको आगलागीमा अहिलेसम्म कम्तीमा ९४ जनाको ज्यान गएको पुष्टि भएको छ । आगलागीमा ७६ जना घाइते भएका र झन्डै तीन सय जना भन्दा धेरै मानिसहरु हराइरहेका बीबीसीले जनाएको छ ।

आगो सातवटा टावरमा फैलिएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको सरकारी निकायले दाबी गरेको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आगलागी भएको घरमा झन्डै चार हजार ६ सय जना मानिस बसेका थिए ।

आगो कसरी शुरू भयो भन्ने बारेमा अझै स्पष्ट भएको छैन । घटनासँग सम्बन्धित तीन वटा निर्माण कम्पनीका कर्मचारीहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख छ ।

शेयर गर्नुहोस :

27
Shares