Banner news

वरिष्ठ उपाध्यक्षमा कमरेड इश्वर पोखरलेलाई नै कायम गरौं, संख्या सच्याऔं

वरिष्ठ उपाध्यक्षमा कमरेड इश्वर पोखरलेलाई नै कायम गरौं, संख्या सच्याऔं


देवराज कार्की

नेकपा (एमाले) नेपाली जनताको प्रिय पार्टी ,आस्था र विश्वासको धरोहर हो । यसले अंगिकार गरेको बाटो समानुपातिक, सहभागितामुलक र समावेशिता हो । यो पार्टीमा अब्बल दर्जाका लाखौं नेता कार्यकर्ताहरु छन् । कार्यकर्ताहरुलाई आफ्नो ज्ञान, सीप, दक्षता र क्षमता प्रदर्शन गर्ने फोरम अवश्य चाहिन्छ । यसो भएको हुँदा एमालेका कमिटीको संख्या स्वभाविक रुपमा ठूला हुन्छन् । यस्तो संवेदनशीलतालाई मध्यनजर नगरिकन अस्ति भाद्र महिनामा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या घटाएको , पदाधिकारीको संख्या घटाएको र स्थायी कमिटी हटाएको निर्णय सुन्दा मलाई अचम्म लागेको छ ।

यो निर्णय सान्दर्भिक छैन र दूरदर्शी पनि छैन भन्ने मेरो ठम्याई हो । त्यसकारण यही मंसिर २७,२८ र २९ गते हुने ११ औं राष्ट्रिय महाधिवेशनको हलले सर्वप्रथम यो निर्णयलाई सच्याएर एमाले जस्तो पार्टीको केन्द्रीय कमिटी कम्तिमा ५०१ जनाको बनाउनु पर्छ । संघीय निर्वाचन क्षेत्रमा सिनियर केन्द्रीय सदस्यलाई इञ्चार्ज र प्रादेशिक निर्वाचन क्षेत्रमा जुनियर केन्द्रीय सदस्यलाई इञ्चार्जको जिम्मेवारी दिनुपर्छ । वरिष्ठ उपाध्यक्ष कायम गरि पार्टी अध्यक्षमा कमरेड केपी शर्मा ओलीलाई नै र वरिष्ठ उपाध्यक्षमा कमरेड इश्वर पोखरेललाई नै कायम राख्नुपर्छ ।

मुलुक यो परिस्थिति सामान्य भएपछि कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरि पार्टीको संरक्षक निर्देशकको रुपमा रहनुपर्छ । पदाधिकारीको संख्या केही बढाउनु पर्छ । स्थायी कमिटी र पोलिटव्यूरो विधानतः कायम राख्न आवश्यक छ ।

आज बजारमा एमालेका नेतृत्व दुई टीम बनाएर महाधिवेशनमा प्रस्तुत भइरहेको छ भन्ने व्यापक हल्ला छ । यो हल्लालाई एमालेको हित नचाहने देशी विदेशी मित्रहरु बाहिरभित्रबाट मसिनो ढङ्गले मलजल गरिरहनु भएको छ । यो राजनीतिक धर्म पनि हो । यति बेला एमालेको राष्ट्रिय नेतृत्वमा महत्वपूर्ण फिगरको रुपमा जो–जो नेतृत्वहरु जिम्मेवारीमा हुनुहुन्छ उहाँहरुलाई समुहगत भिडन्तको आडमा बाहिर लाने वातावरण सृजना भयो भने यो कार्यले एमाले पार्टीले मात्र होईन यो मुलुकले नै संकट व्यहोर्नुपर्छ । समयमै जिम्मेवार नेतृत्वले जिम्मेवारीपूर्वक सोच्न र निर्णयमा पुग्न हामी आम कार्यकर्ता मुख्य नेतृत्व समक्ष हार्दिकतापूर्वक आग्रह र अनुरोध गर्दछौ । जय एमाले ।

शेयर गर्नुहोस :

12.6k
Shares