बैशाख २४, २०८१ सोमबार

मानसिक समस्या पहिचान र व्यवस्थापनमा मोबाइल प्रविधिको प्रयोग प्रभावकारी

बिर्तामोड । युके मेडिकल रिसर्च काउन्सिल, किङ्गन्स कलेज लन्डनको आर्थिक सहयोग र विश्व स्वास्थ्य संगठन जेनेभाको सहकार्यमा टि.पि.ओ नेपालले झापा जिल्लाका सात पालिकाहरुमा इमिलिया नामक परियोजना सञ्चालनमा ल्याएको छ । सो परियोजनाका बारेमा जानकारी दिने उद्देश्यले परियोजनाका बारेमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल कार्यक्रमको आयोजना गरियो ।

सो कार्यक्रममा नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख, प्रदेश स्वास्थ्य निर्देशक, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख र टि.पि.ओ नेपालका कर्मचारीहरुका बिच अन्तरक्रिया सन्चालन गरिएको परियोेजना संयोजक पूजा पोखरेलले बताइन् ।

परियोजनाकोे मुख्य उद्देश्य समुदाय तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा मानसिक तथा मनोसामाजिक समस्याहरुको उपचार मोबाइल प्रविधिको प्रयोग गरेर कसरी गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्नु हो । सो कार्यक्रम अन्र्तगत झापा जिल्लाका सातवटा स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वाःथ्यकर्मीहरुलाई तालिम प्रदान गर्नुका साथै उनीहरुलाई नियमित रुपमा मनोचिकित्सकद्दारा सुपरिवेक्षण गरिने जनाइएको छ । यस परियोजना लागु भएपश्चात समुदायःस्तरमा रहेका स्वास्थ्य संस्थाहरु मार्फत् मानसिक स्वास्थ्य समस्याको निःशुल्क रुपमा उपचार हुनेछ ।

प्रकाशित मिति : पुष ९, २०७७ बिहीबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]