बैशाख २४, २०८१ सोमबार

को–को बन्दैछन् ७ मन्त्री ? आजै सपथ गराउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने तयारी गरेका छन् । आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने उच्च स्रोतले जनाएको छ ।

मन्त्रीहरुको सपथग्रहणको लागि आवश्यक तयारी भइरहेको छ । राष्ट्रपति कार्यालयलाई सो बारे जानकारी दिइएको छ । प्राप्त सूचना अनुसार साँझ सात बजेसम्म सपथग्रहण हुनसक्ने र शीतल निवासमा सपथग्रहणको लागि तयारी भइरहेको स्रोतले जनाएँको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : पुष १०, २०७७ शुक्रबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]