चैत्र १६, २०८० शुक्रबार

श्रीअन्तुमा होमस्टेको नाममा होटलस्टे

श्रीअन्तु । पर्यटकीय गन्तब्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा पर्यटकले असली होमस्टेमा बस्न नपाएको गुनासो गरेका छन् ।
सुर्य उदाएको हेर्नलाई श्रीअन्तु पुग्ने अधिकांश पर्यटक पहिलो दिन अन्तुकै होमस्टे बस्न चहान्छन् । झापा दमकबाट सुर्योदय हेर्न गएका माधव कडरियाले होमस्टे लेखेको बोर्ड मात्र भेट्टाएको प्रतिक्रिया दिएका छन् । उनले अधिकांश होटलले होमस्टे नामाकरण गरेको जानकारी दिए । सुर्योदय हेर्न आउने र पूर्वमा होमस्टेमा बस्न चहाने नागरिक श्रीअन्तु रुचाउने गरेका छन् ।
पर्यटकको आगमन बढ्दै गएपछि होटल र होमस्टेमा चाप थामिसक्नु छैन । श्रीअन्तु क्षेत्रमा रहेका होमस्टे र होटलमा बस्न असहज भएपछि पर्यटक फिक्कल फर्किने गरको स्थानीयको भनाई छ । होमस्टे सञ्चालन गरिरहेका डिक बहादुर बुर्जाले पर्यटकले होमस्टे स्वीकार नगरेको जानकारी दिए । उनले सो क्षेत्रमा होमस्टे भनिएपनि यथार्थमा होटललाई होमस्टेको रुपमा सञ्चालन गरिएको बताए । ०६२ सालदेखि होमस्टे सञ्चालन गरेका उनले टिनको छानो, असज घर बनाएर पर्यटक राखिरेहका छन् । उनले सञ्चालन गरेको होमस्टेमा बस्ने पर्यटकले होमस्टे नै भएको बताएका थिए ।
पक्का घरमा होटल र लज चलाएका सो क्षेत्रका धेरै व्यवसायीले होमस्टे लेखेका छन् । सोहि ठाउँमा रहेको मिसरा होमस्टे पक्का घरमा छ । मिसरा होमस्टे लेखिए पनि होमस्टे नभएको आन्तरिक पर्यटक बताउँछन् । त्यस्तै धेरै घरमा होमस्टे सञ्चालन गरिएको छ । स्थानीय व्यवसायी समेत रहेका डिक बहादुरका अनुसार पुरानो बसोवास गर्नेहरुले घरलाई होमस्टेको रुपमा चलाएका हुन् । बस्नलाई बनाएको घर पर्यटकको आवश्यकतालाई ध्यान दिएर खानपान समेत प्रवन्ध मिलाइएको छ, उनले भने – घरहरुलाई होमस्टे बनाइयो ।
श्रीअन्तुमा ४७ वटा होमस्टे सञ्चालन भइरहेको बुझिएको छ । त्यहाँ सबैभन्दा पुरानो आले होमस्टे भन्ने गरिन्छ । काठैकाठले बनेको घर छ । आले होमस्टेलाई धेरैको रोजाईमा समेत गर्ने गरेको छ ।
पर्यटकीय क्षेत्रको रुपमा परिचित अन्तुमा जानेले महंगी र असुविधा समेत हुने गरेको गुनासो गरेका छन् । विधुत, पानीको असुविधा छ, आन्तरिक पर्यटक मिन सुवेदीले भने – महंगो पनि महसुस गरेका छौ । यता, व्यवसायीले भने फोहोरको समस्या बढ्दै गएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]