दमक । छोरीकै लागि बाच्न चाहने स्तन क्यान्सर पीडित गंगा विश्वकर्माले सहयोग गरिदिन अपील गरेकी छन् ।
झापाको दमक ५ ओमशान्ति टोलमा डेरा गरि बस्ने ३७ वर्षीया गंगा विश्वकर्माले छोरी दिपीसाकै लागि भए पनि बाच्न मन भएकोले मनकारी सहयोगी हातहरूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

दमक ५ स्थित दिपीनी आधारभूत विधालयको हलमा पीडित विश्वकर्माले आयोजना गरेको पत्रकार भेटघाटमा क्यान्सर पीडित गंगाले आफूले कल्पना समेत नगरेको घातक रोग लागेपछि धनसम्पत्ति पनि सबै सकिएको बताउनु भयो । आफूलाई युवा अवस्थामा प्राणघातक रोगले च्यापेको र आफू नरहे छोरीको बेहाल हुने हुँदा सहयोग गरिदिन विश्वकर्माले आग्रह गरेकी हुन् ।
छोरी ज्वाइँको एक टुत्रा जमिन नभएको र आफुहरू पनि डेरामै बसेर जनमन गरि खाने गरेको पीडित गंगाका बुबा नारायण विश्वकर्माले बताउनु भयो । ८-९ महिना अघिबाट क्यान्सरले थलिएकी गंगाको हाल भरतपुर क्यान्सर अस्पतालमा किमोथेरापी लगाउने काम भई रहेको गंगाका श्रीमान दिपेश दुलालले बताउनु भयो । गंगाको उपचारको लागि सहयोग गर्न इच्छुक मनकारी दाताहरूले कुमारी बैंक दमकको खाता नं. ०९९०३६९५९१६००००१ मा रकम गरिदिनु हुन पीडित परिवारले अनुरोध छ ।







प्रतिक्रिया