बिर्तामोड । बोनम्यारो रोगी ५ बर्षीय बालकलाई देउसीभैलोबाट संकलित रकम सहयोग गरिएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा रहेको जिम्स फिटनेस सेन्टरले तिहारको अवसर पारेर आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट संकलित ३० हजार रुपैयाँ सहयोग गरेकोे छ ।
बोनम्यारो ट्रान्सप्लान्ट गरेका बिर्तामोड–५ का ५ बर्षीय बालक उज्वल ठाकुरको परिवारलाई सेन्टरले शनिवार देउसीभैलो कार्यक्रमबाट संकलित नगद ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकोे हो ।

सेन्टरका अध्यक्ष तथा सञ्चालक जेम्स उप्रेती, सेन्टरकी सल्लाहकार पार्वता गिरी, सदस्य निशा तामाङ उप्रेती, शान्ता गिरी, नेम्सु तामाङले संयुक्त रुपमा देउसीभैलोे कार्यक्रमबाट संकलित उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बिभिन्न सामाजिक कार्य गर्दै आएको सेन्टरका सञ्चालक जेम्स उप्रेतीले बालकको अवस्था एकदमै नाजुक रहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अन्य बिभिन्न संघसंस्थासँग पनि समन्वय गरेर सहयोग गर्ने आश्वसन समेत दिए ।
यसैगरी सेन्टरकी सल्लाहकार पार्वता गिरीले आफु धेरै सामाजिक संघसंस्सथासँग जोडिएकाले ती संघसंस्थासँग समन्वय र सहकार्य गरेर आर्थिक सहयोग जुटाउन सहयोग गर्ने बताइन् । सोही अवसरमा शान्ता गिरीले पनि एक हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरिन् ।
सेन्टरले स्थापनाकालदेखिनै बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । सेन्टरले खुल्ला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान कार्यक्रम, लागूऔषध बिरुद्धलगायतका कार्यक्रमहरु गरिसकेको छ भने आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने फिटनेस सञ्चालक उप्रेतीले जानकारी दिए ।
छोरा उज्वलको उपचारमा करिव ८० लाख रुपैयाँ खर्च भइसकेको बालकी आमा पिङ्की राजवंशी ठाकुरले जानकारी दिइन् । बालक उज्वल जन्मिएको ७ महिनादेखि बोनम्यारो रोेगबाट पिडीत भएको उनको भनाई छ । बालककि आमा पिङ्कीले देश तथा बिदेशमा रहने सवै मनका धनिलाई सहयोग गरेर छोराको जीवन बचाईदिन आग्रह गरेकी छिन् । आमा पिङ्कीले आँखाभरी आसु झार्दै भनिन् ‘म पनि बिरामी नै छु, तर, छोराको पिरले गर्दा आफ्नो रोग लुकाउन बाध्य छुु ।’
रोगी बालकका बुबा मुकेश ठाकुर बिर्तामोडमा सैलुन सञ्चालन गर्दै आएका थिए । छोरा बिरामी भएसँगै सैलुन बन्द गरेर आफुसँँग भएको जायजेथा र आफन्तहरुसँग ऋणलिएर भारतमा छोरा उज्वलको बोनम्यारो टान्सप्लान्ट गराएपनि अहिलेसम्म इन्फेक्स भइरहने समस्या रहेकोे र बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गरिरहेको रहेको बताए ।
सहयोग गर्न चाहनेहरुले बिरामीका पिता मुकेश ठाकुुरको नाममा ग्लोवल आइएमई बैंकको बिर्तामोड शाखामा रहेकोे खाता नम्बर ०७७०७०१०००७९५८ मा गर्न सकिनेछ ।







प्रतिक्रिया