काठमाडाैं, २८ कार्तिक । ‘रामायण: भाग १’ को बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेकाे छ । दोस्रो शुक्रबार सर्वाधिक कमाउने चलचित्र बन्न सफल भए पछि उसकाे नाममा नयाँ किर्तिमान बनेकाे हाे ।
रणवीर कपूर, यश र साई पल्लवी अभिनित बहुप्रतिष्ठित चलचित्र ‘रामायण: भाग १’ ले आफ्नो विस्तारित पहिलो साताको शानदार प्रदर्शनपछि दोस्रो साताको सुरुआतमै बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ।
नोभेम्बर १३ मा ४८ करोड १० लाख रुपैयाँ सङ्कलन गर्दै यो चलचित्रले ‘धुरन्धर: द रिभेन्ज’, ‘धुरन्धर’ र ‘पुष्पा २: द रुल’ जस्ता चलचित्रहरूलाई पछि पार्दै दोस्रो शुक्रबार सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको नयाँ कीर्तिमान बनाएको छ।
कुल कमाइमध्ये मूल हिन्दी संस्करणको मात्रै ३६ करोड ५० लाख रुपैयाँ (२९.९ प्रतिशत अकुपेन्सी) योगदान रहेको छ। यसैगरी, अन्य भाषाका संस्करणतर्फ मलयालमले ३ करोड २५ लाख, कन्नडको ३ करोड, तमिलको २ करोड ७५ लाख र तेलुगु संस्करणले २ करोड ६० लाख रुपैयाँ सङ्कलन गरे। यी संस्करणहरूको दर्शक उपस्थिति (अकुपेन्सी) क्रमशः ६०.१%, ३५.७%, ४०.७% र ३०% रहेको थियो।
दोस्रो शुक्रबार सर्वाधिक कमाइ गर्ने चलचित्रहरू:
रामायण: ४८ करोड १० लाख रुपैयाँ
धुरन्धर २: ४१ करोड ७५ लाख रुपैयाँ
पुष्पा २: ३६ करोड ४० लाख रुपैयाँ
धुरन्धर: ३२ करोड ५० लाख रुपैयाँ
यस चलचित्रको हालसम्मको कुल विश्वव्यापी कमाइ १,१११ करोड रुपैयाँ पुगेको छ, जसमध्ये विदेशी बजारबाट मात्र ३७८ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ।







प्रतिक्रिया