जेष्ठ ५, २०८१ शनिबार

रणबिर र आलियाको विहे अर्को वर्ष

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट र रणबिर कपूरको विवाहको खबर एक पटक फेरि चर्चामा रहेको छ । एक वर्षदेखि आलिया र रणबिर प्रेममा रहेका छन् ।

यतिबेला दुवै फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । यसै फिल्मको छायाकंनको क्रममा आलिया र रणबिरबीचको प्रेम झाँगिएको थियो ।

त्यसपश्चात रणबिर आलियालाई फिल्म छायाकंनमा मात्रै नभई अन्य स्थानहरुमा पनि एक साथ देखिन थालियो । दुवै जना एक साथ रहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल नै भए ।

रणबिर कपूर र आलिया भट्टले एकअर्कालाई डेटिङ गर्न थालेको खबर सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरुबीच दुवैको विवाहको विषयमा चर्चा हुन थालेको थियो । अहिले सार्वजनिक खबरहरुका अनुसार रणबिर र आलिया सन् २०२० को अन्त्य सम्ममा विवाह गर्ने बताइएको छ ।

अभिनेत्री आलिया भट्ट भारतका चर्चित फेशन डिजाइनर सब्यासाचीलाई भेट्न गएकी थिइन । आलियाले सब्यासाचीसँग आफ्नो विवाहको लेहंगाको विषयमा कुरा गरेकी छिन् । यसैकारण आलिया र रणबिर कपूरले छिट्टै नै विवाह गर्न सक्ने बताइएको छ ।

डिजाइनर सब्या साचीले अभिनेत्री अनुष्का शर्मा, दीपिका पादुकोण, प्रियंका चोपडाको विवाहको लेहंगा डिजाइन गरिसकेका छन् । आलिया भट्टले केही समयअघि मुम्बईको जुहुमा १३ करोडको अलिशान फ्ल्याट खरिद गरेकी थिइन् ।

त्यस समयमा पनि पनि उनको र रणबिरको विवाहको चर्चा चलेको थियो । खबरहरुका अनुसार आलिया र रणबिरका परिवार पनि दुवैको सम्बन्धमा निकै नै खुशी छन् । दुवै परिवार आलिया र रणबिरको विवाहलाई लिएर निकै नै उत्साहित छन् ।

प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]