बैशाख २७, २०८१ बिहीबार

बिर्तामोडको माओवादीमा पहिरो, सामुहिक पार्टी परित्यागको घोषणा

बिर्तामोड । पार्टीलाई जनतासँग जोड्ने अभियानका बीच नेकपा माओवादी केन्द्र बिर्तामोडमा पार्टी परित्याग गर्ने लहर चलेको छ ।

‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियान उद्घाटनकै दिन झापाको बिर्तामोडबाट ७१ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ नारा दिइएको कार्यक्रमबाट नै पार्टी रित्तिने गरी राजीनामा आउन सुरु भएको हो ।

लामो समयदेखि कम्युनिष्ट भएर माओवादी पार्टीमा सलग्न रहँदै आएका उनीहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

समाजबादी बाटोमा अघि बढ्ने संकल्प गर्दै शनिवारबाट उनीहरुले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य प्रकाश भारती, बिर्तामोड–४ का पार्टीका वडाध्यक्ष गोपी अधिकारी, वडा सचिव शंकर गौतम, नगर सदस्य नन्दीकेशर पोखरेल, झलक राजवंशी, वडा नम्बर १ उपाध्यक्ष कुमार काफ्लेलगायत पार्टीको बिभिन्न तह र तप्काका जिम्मेवारीमा रहेका ७१ जना नेता तथा कार्यकर्ता रहेका छन् ।

उनीहरुले जारी गरेको पार्टी परित्याग घोषणापत्रमा भनिएको छ –‘आजदेखि नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछौं ।’

उनीहरुले परित्याग गरेको पत्रमा नाम, पार्टीको जिम्मेवारी र हस्ताक्षरसमेत रहेको छ । झापामा माओवादी परित्याग गर्नेको लहर नै चल्न लागेको भर्खरै पार्टी छोडेका एकजना कार्यकर्ताले बताए ।

प्रकाशित मिति : भाद्र १७, २०८० आईतबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]