बैशाख ७, २०८१ शुक्रबार

सम्पादकीय : कनकाईमा नाकी लगाऊ

कनकाई बहुमुखी क्याम्पस सुरुङामा केहि महिनादेखि निरन्तर विवाद चलिरहेको छ । विवादका थुप्रै कारण छन् । त्यसमध्ये मुख्य कारण भनेको राजनीति नै हो । कनकाई क्याम्पसको विवाद शनिवार भएको क्याम्पस सभामा झनै बल्झिएको छ । क्याम्पसमा भइरहको विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय झापाले सभा तोक्न भनेपछि सोहि अनुसारको प्रक्रिया अघि बढाइएको थियो । सभाले क्याम्पसलाई विवादबाट निकास दिने र सहज वातावरणमा सञ्चालनको मार्ग खोज्ने विश्वास थियो । तर,त्यसको बदलामा समस्या झनै थपिएको छ ।

क्याम्पस सभाका अध्यक्ष एवम् सोहि क्षेत्रका सांसद् हिरा थापाले आइतवार क्याम्पसका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरीको प्रक्रिया अघि बढेपछि क्याम्पस सभा झनै संकटको बाटोमा धकेलिएको छ । सभाले गरेको निर्णय प्रस्तुत गर्ने क्रममा सांसद् थापामाथि भएको अभद्र व्यवहार अराजकता हो । क्याम्पसका अध्यक्षकै समूहले अराजक व्यवहार देखाएको भन्ने आरोप लागेको छ । क्याम्पस सभाको निर्णय सुनाउने प्रक्रिया ठिक वा बेठिक जे थियो, त्यसका लागि छलफल वार्ता गर्दा हुने थियो । तर, क्याम्पसमा त्यो दिन जस्तो हर्कत प्रस्तुत भयो त्यो खेदजनक छ । किनभने कनकाई बहुमुखी क्याम्पस अराजक गतिविधि गर्ने हल्का संस्था होइन ।

पूर्वी नेपालको इतिहास बोकेको शैक्षिक संस्थामा भइरहेको गतिविधिप्रति आम नागरिक, सरोकारावालाको ध्यानाकर्षण हुन जरुरी छ । एउटा गर्भिलो संस्थामा राजनीतिक गर्ने छुट छैन । राजनीतिकको नाममा कनकाई बहुमुखी क्याम्पसलाई कमजोर बनाउने काम भइरहेको छ । प्रकाश चुडालको नेतृत्व क्याम्पसमा प्रवेश गरेपछि क्याम्पस विवादमा जोडले मुछिएको छ । यदि राजनीतिक नै गर्ने हो भने बाहिर गर्नुपर्छ ।

त्यो सक्षमता छैन भने दुवै हात उठाउनुपर्छ । कनकाईमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विचको राजनीतिक प्रतिशोधमा क्याम्पस विगार्न मिल्दैन । अब सुरुङा मात्र होइन, आम झापावासी र विधार्थीले क्याम्पसमा भइरहेको फोहोरी राजनीतिलाई गलत्याएर ननिकालेमा क्याम्पस असुरक्षित बन्ने निश्चिछ । क्याम्पस जोगाउने हो भने विकल्प खोज्नैपर्छ । कि त मनपरी गर्ने क्याम्पसका प्रतिनिधिहरुलाई नाकी लगाउनै पर्छ ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]