बैशाख २१, २०८१ शुक्रबार

चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४० सेकन्ड लामो ट्रेलर एक्सनले भरिएको छ । ट्रेलरमा करण वर्मा, परमिता आरएल राणा, नीता ढुंगाना, बुद्धि तामाङलाई देख्न सकिन्छ । कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्धिलाई नेगेटिभ भूमिकामा देखाइएको छ भने नीता र करणलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । ‘दि कर्मा’ को कथा निर्माता जयराज रायले लेखेका हुन् । रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रको शारदा खड्का अर्याल सह निर्माता हुन् ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्धिसँगै अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ । ‘दि कर्मा’ को पटकथा तथा संवाद सुशील पोखरेलको हो ।

यसअघि रिलिज भएको टिजरले ओभरसिजबाट डिमान्ड आइसकेको र ट्रेलरले त्यसलाई थप मद्दत गर्ने निमार्ण टिमको विश्वास छ । चलचित्र माघ १७ गते प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : पुष १६, २०७६ बुधबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]