बैशाख २१, २०८१ शुक्रबार

टिकटकबाटै ‘स्टार’ भएका जुम्ल्याहा दिदी बहिनी

विश्वमै लोकप्रिय बनेको टिकटकबाट नेपालमा धेरै सेलिब्रेटी जन्मिसकेका छन् । जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा पनि टिकटकबाटै ‘स्टार’ भएका हुन् । यी दिदी बहिनीले एकसाथ बनाएको टिकटक भिडियोलाई लाखौंले हेर्ने गरेका छन् । उनीहरुको एक्सप्रेसन र सुन्दरताको हजारौं दिवाना छन् । यी ‘ट्वीन्स गर्ल’ लाई मन पराउनेहरु नेपालीसँगै विदेशीहरु पनि छन् ।

  टिकटकबाट रातारात सेलिब्रेटी बनेका प्रिज्मा र प्रिन्सीलाई गएको एक वर्षयता भिडियोमा अभिनय गर्न भ्याइनभ्याइ छ । ‘भाइरल गर्ल’ भन्दा चित्त दुखाउने उनीहरुलाई फिल्मबाट पनि बाक्लै अफर आउने गरेको छ । तर, यी दिदी बहिनी तत्काल फिल्म गर्ने मनस्थितिमा छैनन् । अभिनेत्री हुन नाच्न मात्र आएर नहुने उनीहरुको तर्क छ । त्यसैले पहिला उनीहरु अभिनय सिक्न चाहन्छन् ।  फिल्मको अफर अस्वीकार गर्दै आए पनि यी ‘ट्वीन्स गर्ल’ ले पहिलोे पटक नेपाली फिल्म ‘लभ डायरीज’ को गीत ‘छमछम’ मा ठुम्का लगाएका छन् ।

तीन दिन अगाडि यूट्युबमा सार्वजनिक भएको गीतलाई झण्डै ६ लाखभन्दा बढीले हेरिसकेका छन् । गीतमा अधिकांशले प्रिज्मा र प्रिन्सीको नृत्य र सुन्दरताको प्रशंसा गरेका छन् । गीत राम्रो भएकाले काम गरेको उनीहरु बताउँछन् ।  फागुन २ गते प्रदर्शन हुने यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापाको प्रमुख भूमिका छ । सोमवार फिल्मको गीत सार्वजनिक कार्यक्रममा निर्देशक सौरभ चौधरले रुविनाभन्दा अगाडि फिल्मका लागि प्रिज्मासँग कुरा भएको बताए । ‘जति बेला टिकटक भन्ने नै थिएन त्यसबेला मैले प्रिज्मासँग फिल्मको बारेमा कुरा गरेको थिएँ । त्यसबेला उनी दुब्ली थिइनँ,’ उनले भने । 

अभिनेता सुशीलको जोडीको रुपमा नसुहाउने भएपछि आफूले फिल्ममा रुविनालाई अभिनेत्रीको रुपमा अनुबन्ध गरेको उनले बताए । प्रिज्माले पनि निर्देशक चौधरीले ‘लभ डायरीज’ को विषयमा कुरा गर्दाको क्षण सम्झिइन् । ‘यो फिल्म अफर हुँदा म सानी थिएँ र त्यसबेला अभिनेत्री बन्ने सोच पनि थिएन । अहिले यही फिल्मको गीतमा नाच्न पाउँदा एकदमै खुसी छु,’ उनी सुनिइन् । 

 गीत हेर्नुहोस् :-

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  १२ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]