बैशाख २१, २०८१ शुक्रबार

वर्ष २०२० मा बलिउडका ठूला चलचित्रको महा भिडन्त

अघिल्लो वर्ष जस्तै यो वर्ष २०२० मा पनि बलिउडमा ठूला चलचित्रहरूको लर्को लाग्‍नेछ । यो वर्ष बलिउडका थुप्रै ठूला चलचित्रहरूको रिलिज मिति जुधेको छ ।
जनवरीको दोस्रो सातादेखि अन्तिम महिना डिसेम्बरसम्म नै बलिउडमा महाभिडन्त तय भइसकेको छ ।

१.छपाक भर्सेस तानाजीःद अनसँग वारियर
नयाँ वर्षको पहिलो महिनामै दुई ठूला चलचित्रको क्लास हुँदैछ । जनवरीको दोस्रो साता अर्थात् १० जनवरीमा अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ र अजय देवगनको ‘तानाजीःद अनसंग वारियर’ एकैदिन रिलिज हुँदैछन् । दुवै बायोपिक चलचित्रहरू हुन् ।

अभिनेत्री दीपिका पादुकोण एक एसिड पीडितको भूमिकामा  देखापर्दै छिन् । यता अजय देवगन तानाजीमार्फत् आफ्नो सय औं चलचित्र पूरा गर्दैछन् भने इन्डिस्ट्रीमा ३० वर्ष पूरा गर्दैछन् ।

२. स्ट्रिट डान्सर भर्सेस पंगा
जनवरी २४ मा वरुण धवन अभिनित म्युजिकल डान्सिङ चलचित्र ‘स्ट्रिट डान्सर’  र कंगता रनावतको वास्तविक जीवनसँग आधारित ‘पंगा’ एकअर्कासँग भिड्दै छन् । 
यो क्लासका बारेमा वरुण भन्छन्, “म कंगनालाई लामो समयदेखि चिन्छु र उनको काम मलाई मनपर्छ ।

दुवै चलचित्र अलग छन् त्यहीकारण हामीले बक्स अफिस क्लासको बारेमा सोच्नु हुन्न जस्तो लाग्छ ।”

३. शुभ मंगल ज्यादा सावधान भर्सेस भुतःद हन्टेड सिप
वर्षको दोस्रो महिना २१ फेब्रअरीमा आयुष्मान खुराना र विक्की कौशलको चलचित्र एकै मितिमा रिलिज हुँदैछन् । आयुष्मान अभिनित ‘शुभ मंगल ज्यादा सावधान’ समलिंगीको कथामा आधारित रोमान्टिक कमेडी ड्रामामा आधारित छ भने विक्कीको ‘भुतःद हन्टेड सिप’ हरर थ्रिलर जनराको चलचित्र हो । जुन मुम्बाईमा घटेको वास्तविक घटनामा आधारित छ ।

४. गुन्जन सक्सेनाः द कर्गिल गर्ल भर्सेस छलांग
अभिनेत्री जान्ह्वी कपुरको पहिलो बायोपिक चलचित्र ‘गुन्जन सक्सेनाःद कर्गिल गर्ल’ र अभिनेता राजकुमार राव र नुसरत भरुच अभिनित ‘छलांग’ १३ मार्च अर्थात् एकै मितिमा रिलिज हुँदैछन् । जान्ह्वीको चलचित्र पहिलो महिला पाइलटको वीरताको कथा हो भने, राजकुमारको चलचित्र सामाजिक विषयमा आधारित कमेडी जनराको हो ।

५.गुलाबो सिताबो भर्सेस रुही अफ्जा
१७ अप्रिलमा राजकुमार राव र जान्ह्वी कपुर अभिनित ‘रुह अफ्जा’ र आयुष्मान खुराना र अमिताभ बच्चन अभिनित ‘गुलाबो सिताबो’ रिलिज हुँदै छन् । ‘गुलाबो सिताबो’ एक आम व्यक्तिको रमाइलो दैनिकीको कथा हो भने ‘रुह अफ्जा’ कमेडी ड्रामा ।

७. अक्टोबर २ मा चार चलचित्र 
चलचित्र रिलिजको मामलामा अक्टोबर महिना सबैभन्दा ठूलो महाभिडन्तको महिना मान्न सकिन्छ । अक्टोबर २ महात्मा गान्धीको जन्मोत्सवको अवसरमा चार चलचित्रहरू एकअर्कासँग भिडदै छन् । 
टाइगर श्राफको ‘रैम्बो’ सिल्वेस्टर स्टेलोन अभिनित अमेरिकन चलचित्रको रिमेक हो । ‘तुफान’ मा फरहान अख्तर एक म्याच जित्नका लागि एक बक्सरले गर्ने कडा मिहिनेतमा आधारित छ । चलचित्रमा परेश रावल कोचको भूमिकामा छन् । 
विक्की कौशल अभिनित ‘सरदार ऊधम सिंह’ गान्धीको जन्मोत्सवमा रिलिज हुने तेस्रो चलचित्र हो । चलचित्र क्रान्तिकारी सरदार ऊधम सिंहको जीवनीमा आधारित छ, जसले अंग्रेजी अधिकारीलाई मारेर जलियांवाल बाघ हत्याकाण्डको बदलामा लिएका छन् । जोन अब्रहामको हिट चलचित्र ‘सत्यमेव जयते’ को दोस्रो पार्ट पनि सोही मितिमा रिलिज हुँदैछ । चलचित्रमा जोनका साथै मनोज बाजपेयी, सोनी राजदान मुख्य भूमिकामा छन् ।

८.लाल सिंह चड्ढा भर्सेस बच्चन पाण्डे
वर्ष २०२० को सुरुवातसँगै अन्त्य पनि धमाकेदार हुँदैछ । २५ डिसेम्बर क्रिसमसको दिन आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘बच्चन पाण्डे’ एकैदिन रिलिज हुँदैछन् । लाल सिंह चड्ढा अ्रग्रेजी चलचित्र ‘फरेस्ट गंप’ को अफिसियल रिमेक हो । ‘बच्चन पाण्डे’ तमिल चलचित्र ‘वीरम’ को रिमेक हो । (दैनिकभास्कर)

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  २ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]