बैशाख २८, २०८१ शुक्रबार

प्रेस विज्ञप्ति

अर्जुनधारा–६ स्थित लक्ष्मी माविमा विगत केहि वर्षदेखि असहजता सिर्जना गर्ने काइते प्रशासक रहेको र अभिभावक बैरी बनिरहेको विभिन्न सञ्चार माध्यम र स्थापनाकालका हामी दाताहरु र प्रत्यक्षदर्शी हामी स्तव्ध छौं । हावा नचली पात हल्लदैन ।

सायद विधालय प्रशासकसहितका काइते साथीहरुले आफ्नो नीजि स्वार्थ परिपुर्तिका लागि किर्ते कागज बनाउन नै व्यस्त रहे । विगत ०७४ फागुन १९ गते वडा अध्यक्ष, प्रधानाध्यापक, जनप्रतिनिधि र अभिभावकको उपस्थितिमा बैठक बसी अर्को व्यवस्थापन समिति नबनेसम्म यहि निर्माण समितिलाई निर्माण सम्बन्धि सर्वाधिकार दिएको थियो ।

स्वयम् प्रअ र वडाध्यक्षको हस्ताक्षरित कागजात सुरक्षित छ । निर्माण समितिले अनेक अप्ठ्यारा परिस्थिति पार गर्दै अर्जुनधारा नगरपालिकाबाट विधालयलाई प्राप्त अनुदान रकमबाट सौर्य उर्जा जडान, सिसि क्यामरा जडान, विधुतीय हाजिरी मेसिन, बाल कक्षाका लागि एलइडी टिभी जडान जस्ता कार्य गरियो । सामान जोड्दा र हालसम्म प्रयोग गरिरहँदा प्रअको श्रीमतिलाई त्यहि सिसि क्यामेराको फुटेज हेर्ने रोजगार मिल्यो ।

हामी निर्माण समितिले अहोरात्र खटिरहेर सामान खरिद गर्दा, ढुवानी गर्दा र जोड्दा विधालयका प्रअ र लेखा शाखाले सामान जोडेको देखेको छैन । विधालयमा जडान भएका सामान आम्दानी नै नबाँध्ने, बाँधेका तथ्याङक नराख्ने तर, रातारात किर्ते गरेको तथ्याङक जस्ताको त्यस्तै राख्ने कस्तो प्रशासक ? विधालयमा कुनै पनि समय नयाँ विधालय व्यवस्थापन समिति बनेपनि यि किर्ते प्रशासक रहुञ्जेल कार्य सम्पादन गर्न सकिदैन ।

निर्माण समितिका नाममा हालसम्म पनि अर्जुनधारा नगरपालिकाको लेखा शाखामा म.ले.प.ले लक्ष्मी मावि निर्माण समितिको नाममा बेरुजु देखाएको छ । वर्षौ वितिसक्दा पनि जडान सम्पन्न भई उपभोग गरिरहेको सामानबारे विधालय प्रशासनले वेखवर भन्नु लज्जास्पद छ । सो को जानकारी सम्बन्धित निकायमा छ । तर, विधालय प्रशासकले सामान जडान गरेको देख्दैन । आम्दानी बाँध्दैन । विव्यस गठन गर्ने बहानमा वर्षेनी निरिह अभिभावकबाट शुल्क असुलिन्छ, तर आम्दानी देखिदैन ।

अतः हामी निर्माण समितिको विनम्र अनुरोध के हो भने हामी स्थानीयवासीलाई विधालयको माया छ । तिमि जागिरे भन्दा विधालयलाई विशुद्ध शान्ति क्षेत्र कायम गर्न यि विकृतिलाई सदाका लागि अन्त्य गर्न आग्रह गर्दछौ । निर्माण समिति भ्रष्टाचारी छैन, तपाईहरु पनि शुद्ध हुन सिक्नुहोस् । यस विधालयमा कुशल नेतृत्वको खाँचो छ । विधालयमा यस्तो विकृति रहिरहे त्यसका विरुद्ध हामी पनि आन्दोलित हुन बाध्य हुने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौ ।


अध्यक्ष: चुडामणि भट्टराई / सचिव : रमेश कुमार काफ्ले / कोषाध्यक्ष: यसोदा पौडेल

सदस्य: हरि ढुंगेल / चन्द्र काफ्ले / सुचित्रा मेचे / कविता भट्टराई / केशव कुमार पोख्रेल / बालकृष्ण सापकोटा / गंगाराम भट्टराई

निर्माण उपभोक्ता समिति

श्री लक्ष्मी मा.वि, अर्जुनधारा–६, झापा

प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]