अर्जुनधारा

अर्जुनधाराको खुल्ला हाफ म्याराथनमा केन्याका रादम प्रथम, महिला तर्फ राज्यलक्ष्मी

अर्जुनधाराको खुल्ला हाफ म्याराथनमा केन्याका रादम प्रथम, महिला तर्फ राज्यलक्ष्मी

इन्द्रकुमार राई


शनिश्चरे । सन्तलाल ,बृजमोहन गट्टानी स्मृतिमा आज आयोजित महिला तथा पुरुष खुल्ला हाफ म्याराथन दौड प्रतियोगितामा पुरुष तर्फ केन्याका जुलीयास रादमले १ घण्टा २ मिनेट १९ सेकेन्डमा २१.१ किलोमिटर दुरी पार गर्दै प्रथम भएका छन् ।

लागूऔषध दुव्र्यसन न्यूनीकरण र धामको प्रवद्र्धनको लागि आयोजित हाफ म्याराथनमा तिर्थकुमार पुनले १ घण्टा २ मिनेट ३९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वितीय भए । तृतीय हुने विक्रम लिम्बूले १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा दुरी पार गरे ।

त्यस्तै, चौथो हुने नरेन्द्र सिंह रावतले १ घण्टा ५ मिनेट ५३ सेकेन्ड, पाँचौंले गजेन्द्र राईले १ घण्टा ५ मिनेट ५३ सेकेन्ड ,छैटौं हुने उमेश थापाले १ घण्टा ६ मिनेट २७ सेकेन्ड , सातौं हुने प्रिती राईले १ घण्टा १० मिनेट ५ सेकेन्ड , आठौं हुने कृष्णबहादुर परियारले १ घण्टा ९ मिनेट ३५ सेकेन्ड, नवौं हुने विशाल तामाङले १ घण्टा १० मिनेट ५ सेकेन्ड र दशौं हुने अमल देभनाथले १ घण्टा १० मिनेट २७ सेकेन्डमा दुरी पार गरेका हुन् ।

त्यसैगरी महिला तर्फ राज्यलक्ष्मी रावलले १ घण्टा २१ मिनेट ४७ सेकेन्डमा दुरी पार गरेर प्रथम भइन् । द्वितीय हुने सम्झना लिम्बूले १ घण्टा २२ मिनेट १२ सेकेन्ड र तृतीय हुने प्रिया तामाङले १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा दुरी पार गरेकी थिइन् । दौडमा चौथो हुने जुलेन राईले १ घण्टा २९ मिनेट ४५ सेकेन्ड , पाँचौं हुने ढिर्पा बस्नेतले १ घण्टा ३५ मिनेट ५१ सेकेन्ड, छैटौं हुने इक्सा लिम्बूले १ घण्टा ३७ मिनेट ४७ सेकेन्ड, सातौं हुने रुषमा राईले १ घण्टा ३८ मिनेट ४४ सेकेन्ड, आठौं हुने मन्दिरा महतराले १ घण्टा ४० मिनेट ४० सेकेन्ड , नवौं हुने सपना गदाईलीले १ घण्टा ४१ मिनेट ५१ सेकेन्ड र दशौं हुने सन्जीला राईले १ घण्टा ४४ मिनेट ३३ सेकेन्डमा दुरी पार गरेकी थिइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल र प्रमाणपत्रसहित क्रमशः १ लाख १ हजार १ रुपैयाँ , ७५ हजार र ५१ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । चौथो,पाँचौं, छैटौं, सातौं, आठौं , नवौं र दशौं हुनेहरुलाई सान्त्वना पुरस्कार प्रमाणपत्रसहित प्रतिव्यक्ति नगद १०-१० हजार प्रदान गरिएको थियो ।

अर्जुनधारा जलेश्वरधामको ४४ औं वार्षिक अनुष्ठान श्रीमद भागवत पुराणको अवसर पारेर धामको आयोजना र नगर खेलकुद विकास समिति अर्जुनधारा नगरपालिकाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा महिला र पुरुष गरी २५५ जना सहभागिता रहेको आयोजकले जनाएको छ ।

धामका अध्यक्ष नवीन गट्टानीको सभापतित्व र म्याराथन दौड समिति सहसंयोजक प्रशान्त भण्डारीले सञ्चालन गरेको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि एवं साउथ एसियाका कृतिमान धावक बैकुण्ठ मानन्धर , खेलकुद विकास बोर्ड कोशी प्रदेश अध्यक्ष दुर्गा कठायत, अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देन तामाङ ,दौड समितिका संयोजक मिलन बस्नेत लगायतले मन्तव्यसहित विजेताहरुलाई शुभकामना तथा बधाई दिएका थिए भने अर्जुनधारा नगरपालिका –७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडाले स्वागत मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu