चैत्र १६, २०८० शुक्रबार

बलिउडका यी ६ अभिनेताका सबै फिल्म हिट

वर्ष २०१९ मा बलिउडमा एकसे एक फिल्म रिलिजमा आए । ती मध्ये केही फिल्म बक्सअफिसमा राम्रो आम्दानी गरेर रेकर्ड राख्न सफल रहे । आज चर्चा ती अभिनेताको गर्न खोजिएको छ । जसको २०१९ मा रिलिज भएका शतप्रतिशत फिल्म हिट भएका छन् । 

अक्षय कुमार 
अक्षयकुमारको २०१९मा ४ फिल्म रिलिज भएकोमा ४ वटै सफल भयो । वर्षको सुरुवातमा उनको फिल्म केसरी रिलिज भएको थियो । यसले १५३ करोडको ब्यवसाय गर्न सफल भयो । त्यसपछि आएको मिशन मंगल र हाउसफूल ४ पनि २०० करोडमा सामिल भयो । वर्षको अत्यमा रिलिज भएको अक्षयको गुड न्यूजले पनि अहिले पनि राम्रो व्यवसाय गरिरहेको छ ।
 

आयुष्मान खुराना 
आयुष्मान खुराना बलिउडको नयाँ हिट मेसिन मानिन्छ । उनको गतबर्ष ३ फिल्म रिलिज भयो । ३ फिल्मनै हिट साबित भयो ।  
 

कार्तिन आर्यन 
कार्तिक आर्यनको पनि बलिउडमा गतबर्ष दुई फिल्म रिलिज भयो । लुकाछुपी र पति पत्नी और वो दुबै फिल्मले बक्सअफिसमा राम्रो आम्दानी गर्न सफल भयो ।
 

अजय देवगन 
अजय देवगनको गत वर्ष ‘देदे प्यार दे’ र ‘टोटल धमाल’ रिलिज भयो । दुबै फिल्मले एकसय करोड बढी कमाउन सफल भयो ।
 

सलमान खान 
सलमान खानका लागि बर्ष २०१९ निकै लक्की रह्यो । उनको फिल्म भारतले बक्सअफिसमा २०९ करोड बढी आम्दानी गर्यो भने अर्काे दबंग ३ ले पनि १४० करोड बढी कमाउन सफल भयो ।
 

ऋतिक रोशन 
ऋति रोशनको यो बर्ष दुई फिल्म ‘सुपर ३०’ र ‘वार’ रिलिज भयो । सुपर ३० ले १४६ करोड र वारले ३०० करोड कमाउन सफल रह्यो । वार बर्षको सबैभन्दा बढी कमाउ फिल्म समेत बन्यो ।

प्रकाशित मिति : पुष २४, २०७६ बिहीबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]