बैशाख १५, २०८१ शनिबार

सम्पादकीय : माइमेलामा जोखिम

माइ मेलामा शुरु भएको छ । राम्रो विगत नरहेको माइमेला पछिल्लो केहि वर्षदेखि शान्तिपूर्ण र सभ्य रुपमा सञ्चालन भइरहेको छ । मेला आफैमा मनोरञ्जन गर्ने ठाउँ हो । त्यहाँ मनोरञ्जनसँगै सुरक्षाको सवाल संवेदनशील पनि बन्ने गरेको छ । कुनैबेला माइमेलामा जो कोहि जानलाई हिम्मत गर्दैन थिए । तर, केहि वर्षदेखि जो कोहि मेलामा गइरहेका छन् । धार्मिक मेलाको रुपमा रहेको माइमेला हरेक वर्ष घट्दो छ । विविध कारणले घटिरहेको माइबेनी मेलाको मुख्य समस्या भनेको सुरक्षा नै हो । मेलामा सबै प्रकारका व्यक्तिहरु जमघट हुने गर्छन् । अपराधिक मानसिकता बोकेकाहरु पनि मेलामा जान्छन् । जसले गर्दा दुर्घटनाको जोखिम हुने गरेको छ ।

उपस्थितिका हिसावले हजारौं–हजार मान्छे जाने गर्छन् । त्यहाँ कुनै प्रकारको दुर्घटना भएका तत्काल कोहि पनि पक्राउ पर्ने स्थिति छैन । यसैले मेलामा पूर्व तयारी हुनैपर्छ । सिसि क्यामेरा मेलामा अनिवार्य छ । यदि सिसि क्यामेरा नभएमा मेलाको सुरक्षा कमजोर पक्कै हुनेछ । मेलामा सुरक्षा जोखिमका कुरालाई पहिचान गरेर समयमै सतर्कता अपनाउन सकिएन भने त्यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ । यसैले ठेक्का लगाउने, ठेक्का लिने र सुरक्षा निकायविच आवश्यक समन्वयको जरुरी छ । ठेकेदारलाई कमाउनको मात्र चिन्ता भयो भने दुर्घटना अवश्यक निम्तिनेछ । यदि व्यवसायिक कुरासँगै सुरक्षा ख्याल गरेमा समस्या आउने छैन ।

मेलामा हजारौंको भीड भएपछि आवातजावत दिनभर समस्या हुन्छ । दिनभर मात्र होइन, मेलाअवधिभर सडकमा जाम हुन सक्छ । यदि ट्राफिक व्यवस्थापनमा नयाँ शैली अपनाएमा यो समस्या पूर्ण रुपमा हल हुनेछ । माइधारदेखि सुरुङासम्म भीडभाड हुन्छ । यसलाई व्यवस्थापन गर्न मुख्य सडक हुँदै पुलमाथिबाट हिडडुल बन्द नै गर्नुपर्छ । मेला आयोजकले तयार गरेको पुलबाट मात्र आवातजावत गर्न दिने हो भने पनि माथिको भीड कम हुन्छ र सडक जाम हुन पादैन । पुल मात्र खुल्ला भयो भने पनि सडक क्षेत्रको जोखिम सकिन्छ । पुलमा एकैपटक हजारौं मान्छे हिडिरहँदा दुर्घटना नहोला भन्न सकिन्न । संभावित दुर्घटना पुल भएकाले त्यहाँ खाली नै गर्नु उचित हुनेछ ।

प्रकाशित मिति : पुष २९, २०७६ मंगलबार  १२ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]