बैशाख १५, २०८१ शनिबार

सम्पादकीय : हल्दिवारीको उर्जा

राजनीतिक आस्थाले हेर्दा अध्यक्ष र उपाध्यक्ष दुई कित्ताका छन् । उनीहरुविच शुरुवाती चरणमा निकै समस्या थियो । हल्दिवारी गाउँपालिकाको जिम्मेवारीमा आएपछि सत्तारुढ पार्टीको व्यक्ति उपाध्यक्ष भएपछि अध्यक्षसँगको तालमेल नमिलेकै हो । त्यो समय स्थानीय सरकार सञ्चालनको शुरुआती समय थियो । अर्थात ट्रयाकमा लाग्न दुवैलाई समस्या थियो । बेग्लाबेग्लै हुलबाट जोडिएको हलमा शुरुआति चरण समस्या भएको हल्दिवारी आज अन्य स्थानीय सरकारभन्दा लोभलाग्दो छ । त्यसका लागि सबै जनप्रतिनिधि र कर्मचारीको उत्तिकै भूमिका छ । हल्दिवारी रचनात्मक काममा पनि उत्तिकै अगाडि छ ।

शुक्रवारबाट गाउँपालिकाले अन्तरविधालय स्तरीय खेलकुद प्रतियोगिता शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका सबै विधालयका कर्मचारी र विधार्थीको उत्साहजनक सहभागिता थियो । त्यो सहभागिता वास्तवमै लोभलाग्दो थियो । झापाको अन्य स्थानीय तहले अहिलेसम्म यो स्तरको कार्यक्रम गर्न सकेका छैनन् । हल्दिवारी शिक्षा र खेलकुदको क्षेत्रमा अघि छ । बजेट पनि अन्य क्ष्ोत्रमा भन्दा शिक्षा र खेलकुदमा बढि नै छुट्टाएको छ । सायद, नेपालकै स्थानीय सरकारहरुमध्ये हल्दिवारी शिक्षा र खेलकुदमा पृथक छ । विधालयका लागि खेल प्रशिक्षक कै व्यवस्थापन गर्ने हल्दिवारी पहिलो गाउँपालिका नै भन्दा फरक पर्दैन ।

हरेक स्थानीय तहको गति सुस्त छ । सुस्त गतिबाट समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गर्न कठिन छ । यसैले स्थानीय तहमा सर्वप्रथम जनप्रतिनिधि विचमा एकता र समन्वयको जरुरी हुन्छ । यदि हल्दिवारीमा त्यो समस्या कायम रहन्थ्यो भने यत्तिका काम अघि बढ्ने थिएनन् । स्थानीय तहहरु कतै महत्वकांक्षी त कतै नवराजाको भूमिकामा छन् । त्यसरी नागरिकले चाहेको विकास संभव छैन । स्थानीय तहले आफ्ना नागरिकलाई विकास निर्माणमा समन्वय नगर्ने हो भने हलो हड्काउने पारा मात्र हुनेछ । यसैले हल्दिवारीबाट सकारात्मक काम सिक्छ आवश्यक छ । उनीहरुसँग उर्जा आदान प्रदान गर्ने हो भने अन्य पालिकामा विकासको परिणाम नै देखिन्थ्यो ।

प्रकाशित मिति : माघ १२, २०७६ आईतबार  ११ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]