जेष्ठ १, २०८१ मंगलबार

संघर्ष समितिको प्रेस विज्ञप्ति

र्जुनधारा–६ स्थित लक्ष्मी माविको वेथिती विरुद्ध हामी संघर्ष समिति गठन गरेर सुधारको निम्ति आन्दोलनरत भएको सम्बद्ध सर्वविदितै छ । ०७६ जेठ १२ गते संघर्ष समिति र अनेरास्ववियू झापाले संयुक्त रुपमा विधालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका छौ ।

विधालयमा प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको अनावश्यक चलाखीले विधालय थप संकटमा पर्ने देखिएकाले विधालयको सुरक्षाको लागि हामीले तालावन्दी गरेका हौ । विधालय लामो समयदेखि एक व्यक्तिको मुठ्ठीमा नियन्त्रित भएको छ । हामी त्यो मुठ्ठीबाट मुक्त गराएर आम नागरिक, अभिभावकको अपनत्व हुने गरी विधालय निर्माण गर्ने सोचका लागि लागिरहेका रहेका छौ ।


यसै सन्दर्भमा नेपाल शिक्षक संघले सार्वजनिक गरेको विज्ञप्तिप्रति संघर्ष समितिको ध्यानाकर्षण भएको छ । विज्ञप्ति सार्वजनिक गरेर गलत व्यक्तिलाई मुक्ति दिने अभिप्राय त्यसैपनि गतल हो ।

हामीले कुनै व्यक्तिलाई प्रधानाध्यापक बनाउने तयारी नगरेको आम नागरिकमा जानकारी गराउँदछौ । आइतवार गरिएको तालावन्दी मात्र प्रमाण सुरक्षाका लागि हो । विधार्थीको शिक्षण सिकाईमा हामीले कुनै अवरोध नगरेको विज्ञप्ति मार्फत अवगत गराउन चहान्छौ ।


अन्त्यमा, हामी विधालयको वेथिती सुधार नभइञ्जेल संघर्ष गरिरहने जानकारी गराउँदछौ । विधालयभित्र भइरहेको शैक्षिक अपराध विरुद्ध कानुनी बाटो समेत अवलम्बन गरिसकेकोले नेपाली कांग्रेस र त्यसका कुनै पनि संघसंगठनलाई राजनीति हस्तक्षेप नगर्न यसै विज्ञप्ति मार्पmत आग्रह गर्दछौ ।


संयोजक: भीष्म पौडेल, संघर्ष समिति / अध्यक्ष : दुर्गा धमला , अनेरास्ववियु
लक्ष्मी माध्यमिक विधालय, अर्जुनधारा–६ झापा

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]