सभामुखबाट शनिश्चरे अस्पतालको शल्यक्रिया सेवा सुरु उद्घाटन, तीन सय परिवारको स्वास्थ्य बीमा

अर्जुनधारा । सभामुख देवराज घिमिरेले झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवाको उद्घाटन गरेका छन् । उद्घाटनसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको हो । गुणस्तरीय सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति र उपकरणको जडानसँगै सेवा सुरु गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।…