इन्द्रकुमार राई शनिश्चरेर - पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर ८ गते देखि सप्ताह अष्टोत्तरशत् (१०८) सहित श्रीमद भागवत महापुराण पाठपारायण महायज्ञको आयोजना गरिने भएको छ । धामद्वारा आज मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा पुराण प्रचारप्रसार उपसमितिका संयोजक निरज कुमार ओलीले महायज्ञको बारे जानकारी गराएका हुन् । उनका अनुसार धामको ४२ औं बार्षिक…